IME Life New

एनएमबि बैंकबाट रिलायबल नेपाल लाइफको आइपीओ निःशुल्क भर्न पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकबाट रिलायबल नेपाल लाइफको आइपीओ भर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । बैंकले सर्वसाधारण ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरेको हो । बैंकका ग्राहकले आस्वा प्रणाली वा मेरो शेयरबाट आवेदन दिदा शुल्क नलाग्ने बैंकले जनाएको छ । सामान्यता बैंकहरुले प्राथमिक शेयरमा आवेदन दिँदा ५ रुपैयाँ आश्वा शुल्क लिँदै आएका छन् ।

यस्ता छन् विषेषताहरु
एनएमबि बैंकको कुनै पनि खाताबाट निःशुल्क भर्न पाउने, यस्तो सुविधा २४ घण्टा पाइने, बैंकिङ प्रणालीबाट बैंकका ग्राहकले आफू लगायत परिवारजनको डिम्याट तथा मेरो शेयर खाता २४ कार्यघण्टा भित्रै खोल्न सकिने, बैंकका ग्राहकले घरमै बसी अनलाइनबाट शेयर कारोबार गर्न सक्ने लगायतका सुविधाको व्यवस्था गरेको बैंकले जनाएको छ ।

Esewa
Crest

रिलायबल नेपाल लाइफले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँडपछि आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS