IME Life New

एनएमबि बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंक लिमिटेड सुनवल शाखा नवलपरासीले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नवलपरासी जिल्ला सुनवल नगरपालिकाको सोमनाथमा अवस्थित सुनवल सामुदायिक सिकाइ केन्द्रमा करिव ७० जना महिलालाइ वित्तीय साक्षरता प्रदान गरेको हो ।

एनएमबि बैंक लिमिटेड सुनवलका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले वित्तीय साक्षरता सम्बन्धि सहजीकरण गरेका थिए । सो क्रममा महिला उद्यमशीलता, पैसाको बचत, लगानी, परिचालन , आयआर्जनका वैकल्पिक अवसरहरु तथा बैंकको महत्त्व, दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, पछिल्लो समयमा आइरहेका बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु , एनएमबि स्मार्ट नारी बचत खाता, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, भर्खरै शुरु गरिएको लुम्बिनी बचत खाता बारे जानकारी, शेयरकारोबार सम्बन्धि ज्ञान, एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुबिधाको बारे अभिमुखिकरण प्रदान गरेको बैंकले जनाएको छ ।

Esewa
Crest

कार्यक्रममा सुनवल सामुदायिक सिकाइ केन्द्रका कार्यबाहक अध्यक्ष सन्जय कुमार श्रेष्ठले सुनवल क्षेत्रका महिला, आमा, दिदिबहिनीहरुलाइ बित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा एनएमबि बैंकलाइ धन्यवाद दिदै कार्यक्रमबाट समय सापेक्ष र ब्यवहारिक बित्त सम्बन्धि ज्ञान आफुहरुले सिकेको बताए ।

बैंकका अनुसार कार्यक्रममा सुनवल सामुदायिक सिकाइ केन्द्रमा आबद्ध सदस्यहरु, सुनवल बहुउद्देश्यीय सहकारीका सदस्यहरु, लुम्बिनी माविका शिक्षक, सोमनाथ आमा समुहका सदस्यहरु, आयआर्जन समुहका सदस्यहरुको उपस्थित थियो ।

कार्यक्रममा उपस्थित महिलालाइ १० समुहमा बिभाजन गरि महिला उद्यमशीलताक सृजना, संचालन र सफलता बारे प्रयोगात्मक अभ्यास गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS