IME Life New

एनएमबि बैंकको सुनवल शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंक सुनवल शाखाले सुनवल क्षेत्रका कृषकसँग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सुनवल बडेरा क्षेत्रका पशुपन्छि पालन तथा कृषक समुहमा आवद्ध किसानहरुलाइ बैकिङ्ग सम्बन्धि शिक्षा प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार एनएमबि बैंक सुनवल शाखाका प्रबन्धक अर्जुन ज्ञवालीले बित्तीय साक्षरता सम्बन्धि सहजीकरण गरेका थिए। उनले कृषि उद्दमशिलता, कृषि योजना, त्यसको बित्तीय ब्यवस्थापन र बजारको सम्भावना र दिगो संचालनको बारेमा प्रकाश पारेका थिए ।

Esewa
Crest

साथै बैंकको महत्त्व र दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, फ्रड र फ्रडबाट सुरक्षित रहने उपाय तथा एनएमबि बैंकमा भिडियो कल माफर्त खाता खोलिने सुबिधा, शेयरकारोबार, नारी बचत खाता, इन्भेस्टर सेविङ्ग खाता, डबल मुद्दती खाता तथा बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवाको बारे अभिमुखिकरण प्रदान गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा पशुपन्छि पालन तथा कृषक समुहका अध्यक्ष गङ्गाराम गैरेले एनएमबि बैंक सुनवल शाखाले आफुहरुमाझ निकै राम्रो र उपयोगी कार्यक्रम ल्याएकोमा धन्यवाद ज्ञापन गर्दै सिकेको कुरा ब्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका बैंकले उल्लेख गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS