IME Life New

एनएमबि बैंकको दसौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कठमाडौं । एनएमबि बैंकले दसौं हेरिटेज वाक कार्यक्रम सम्पन्न्न गरेको छ । बैंकले बैशाख २ गते एनएमबि भवन, एनएमबि बैंक, बबरमहलबाट शुरु गरी पाटन दरबार स्क्वायरसम्म पुगि समापन हुने दसौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो । समृद्ध नेपालको सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उदेश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा पाटन संग्रहालयमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरु, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरु, नेपाल हस्तकला महासंघका सदस्य, रोटरी क्लब अफ पाटन हेरिटेजका सदस्यहरु तथा सर्वसाधारण गरी करिब ६ सय जनाको सहभागितामा उक्त वाक कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा ललितपुर महानगररपालिकाका मेयर चिरि बाबु महर्जनको उपस्थिति रहेको थियो । कार्यक्रममा एनएमबि बैंकछारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणका लागि नेपाल हेरिटेज सोसाइटीलाई ४ लाख ९० हजार रुपैयाँ सहयोगका साथै पाटन संग्रहलयलाई डस्टविन हस्तानतरण गरिएको थियो ।

Esewa
Crest

बैंकले सोहि प्रकारको कार्यक्रम प्रदेश १, २, ४, ५ र ७ मा पनि सम्पन्न गरेको छ । प्रदेश नं १ मा ब्रम्हनन्द पुलदेखि बराहक्षेत्र मन्दिरसम्म, मधेस प्रदेशमा लाहान शाखादेखि दुर्गा मन्दिर, गण्डकीमा चिप्लेढुङगा शाखादेखि केधारेश्वर मन्दिरसम्म, लुम्बिनी प्रदेशमा ट्राफिक चोक शाखादेखि कालिका मन्दिर र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा सुर्खेत शाखादेखि काक्रेबिहार मन्दिर, धनगढी शाखादेखि शिवपुरी धाम मन्दिर र महेन्द्रनगर शाखादेखि सिद्धनाथ मन्दिरसम्म हेरिटेज वाक सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले स्वागत मन्तव्य दिएका थिए । नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष अम्बिका श्रेष्ठ, सदस्य धर्म शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरि बाबु महर्जनले सम्पदा संरक्षणको महत्वको बारे प्रकाश पार्दै वक्तव्य राखेका थिए ।

बिगत २७ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको द ब्यान्कर पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि बैंक अफ द इयर एसिया २०२१ ऋवार्डबाट सम्मानित भएको बैंक हो । बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटीएम, १२ एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS