IME Life New

एनएमबि बैंकको डिजी स्टेशन सञ्चालन, यस्त छन् सुविधाहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक डिजि स्टेशनको सुरुवात गरेको छ । डिजि स्टेशन ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा मानविय सहायता बिना गर्न सकिनेछ ।

डिजि स्टेशनको सुरुवातले ग्राहकहरुलाई बैंकले प्रदान गर्ने बैंकिङ सेवा, सुविधामा बृद्धि हुने विश्वास बैंकले लिएको छ । एनएमबि बैंक आफ्ना ग्राहकहरूको परिवर्तनशील बैंकिङ आवश्यकताहरू पूरा गर्न निरन्तर रूपमा लागिरहेको छ आधुनिक प्रविधिक बैंकिङ सुविधाहरू विकास गर्दै उत्कृष्ट सेवा प्रदान गर्न समर्पित छ ।

Esewa
Crest

बैंकले प्रथम चरणको डिजि स्टेशनको शुरुवात एनएमबि भवन, बबरमहल शाखामा ४ वटा मेसिन जडान गरि संचालन गरिएको छ। क्यास डिपोजिट मेसिनमा ग्राहकले रू १ लाख भन्दा कम रकम बैंकको काउन्टर नपुगी आफै खातामा रकमान्तर गर्न सक्ने र डिपोजिटको रसिद पनि सोहि मेसिनबाट प्राप्त गर्न सक्ने सुविधा रहेको छ। साथै, चेक डिपोजिट मेसिनमा ग्राहक वर्गले चेक स्टप देखि नया चेकको आवेदन र क्लियरिंग चेक समेत डिपोजिट गर्ने सुविधा रेहको छ ।

आफ्नो खाताको विवरण र अन्य जानकारी प्राप्त गर्न सकिने सुविधाका साथ डिजि स्टेशनमा एटिएम मेसिनको सुविधा हुदा ग्राहक वर्गका अधिकांश बैंकिङ अवश्यकताहरु स्वचिलत ढंगले छिटो छरितो माध्यम बाट हुने सुविधा एनएमबि बैंकले ल्याएको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४५ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS