IME Life New

एनआईसी एसिया लघुवित्तको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज आइतबार धरान उपमहानगरपालिका ८, सुनसरीमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.७५ प्रतिशतका दरले २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँ बरबरको (कर प्रयोजन समेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

सभाले विभिन्न एजेन्डासहित संस्थाको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण आषाढ मसान्त २०७९ को वासलात, आर्थिक वर्ष २०७८/७९ नाफा नोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको जनाएको छ।

संस्थाले मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ। चालू आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिकको अन्त्यसम्म वित्तीय संस्थाले कुल २ लाख ३ हजार ८६२ विपन्न परिवारमा लघुवित्तले सेवा प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS