IME Life New

एनआईसी एशिया लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् ७ एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्तको पाचौं वार्षिक साधारण सभा बैशाख १० हुने भएको छ । कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेका हो । सभा धारणको होटेल गजुरीमा आयोजना हुने कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कर सहित १४ दशमलव ७५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७८ /७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८ / ७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नेछ ।

Esewa
Crest

सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९ / ८० का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेहुने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको ५९०औं बैठकको निर्णय अनुसार मनोनित प्रतिनिधि सञ्चालकहरु फेरबदल भएकोमा यस संस्थाको १६६औं सञ्चालक समितिबाट निज मनोनित प्रतिनिधि सञ्चालकहरु सिए सन्तोष कुमार राठी र दिनेश भारीलाई बाँकी कार्यकालको लागि सञ्चालक नियुक्त गरेको निर्णयलाई अनुमोदन गर्नेछ ।

सभाले संस्थाको प्रबन्धपत्र र नियमावलीमा समसामयिक थप, संशोधन गर्ने, प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल, थपघट तथा संशोधन गर्न निर्देशन वा सुझव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि बैशाख १ देखि बैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण चैत्र ३० गते सम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

1680149914959

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS