IME Life New

एनआईसी एशिया लघुवित्तको व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको उप प्रदेशिक कार्यालय भुताहा नवलपरासीले संस्थामा आबद्ध सदस्यहरुका लागि १ दिने व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम माघ २६ गते संचालन गरेको थियो । तालिम पिस प्वाइन्ट पार्टी प्यालेस, गोपीगन्ज नवलपरासी (वर्दघाट रोड ) मा सम्पन्न भएको हो ।

संस्थामा आबद्ध रहि तरकारी खेती तथा पशुपालनमा संलग्न तथा व्यवसायिक कृषि गर्न ईच्छुक समुह सदस्यहरुलाई स्थानिय क्षेत्रमा नै व्यवसायिक कृषि पेशातर्फ उत्प्रेरित गरी सदस्यहरुको आम्दानीमा बृद्धि गर्ने हेतुले उक्त क्षमता अभिबृद्धि सम्बन्धी तालिम संचालन गरिएको संस्थाका लुम्बिनी प्रदेश कार्यालय प्रमुख अमर नाथ सेढाईंले बताएका थिए ।

Esewa
Crest

संस्थाको उप प्रदेशिक कार्यालय भुताहा अन्तर्गतका बेलाटारी, बरुवा, गोबरिया र बर्दघाट शाखामा आबद्ध करिब ५० जना समुह सदस्यहरुको सहभागिता रहेको उक्त तालिममा हालको आधुनिक कृषि प्रणाली तथा भईरहेका अभ्यासहरु, व्यवसायिक कृषि सम्बन्धी जानकारी, गुणस्तरीय उत्पादन तथा बजारीकरण, व्यवसाय गर्दाको लागत विष्लेषण, उद्यमशीलता, व्यवसायको सुरक्षण कसरी गर्ने साथै, संस्थामा आबद्ध हुँदा पाइने सुबिधा लगाएतको विषयमा अन्तक्रियात्मक ढङ्गले कार्यक्रम प्रस्तुत गरिएको थियो ।

उक्त तालिम कार्यक्रममा कर्पोरेट कार्यालयका चिफ विजनेस एण्ड क्वालिटी एस्युरेन्स ईकोसिष्टम अर्जुन श्रेष्ठले संस्था तथा संस्थाका सेवा सुविधाबारेमा प्रष्ट पारेका थिए भने पशु तथा कृषि प्राविधिक निरज पौडेलले तालिममा कृषि तथा पशु व्यवशाय सम्बन्धी कक्षाहरुको सहजीकरण गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख अमर नाथ सेढाईंले सहभागीहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारीक रुपमा आफ्नो कृषि पेशामा लागु गर्न सुझाव दिनुका साथै भविश्यमा समेत संस्थामा आवद्ध कृषक सदस्यहरुको आयआर्जनमा टेवा पु¥याउने यस्ता खाले कार्यक्रमहरु संचालनमा ल्याउने समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS