IME Life New

एनआईसी एशिया क्यापिटल र महालक्ष्मी विकास बैंकबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडबीच रजिष्ट्रर सेवा उपलब्ध गराउने बारे सम्झौता भएको छ । बार्षिक ११ प्रतिशत ब्याजदर भएको ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यको १० लाख कित्ताले हुन आउने १ अर्ब बराबरको ११ महालक्ष्मी डिबेन्चर, २०८९ का लागि रजिष्ट्रर सेवा उपलब्ध गराउन सम्झौता भएको हो ।

उक्त डिबेन्चर रजिष्ट्रार सेवा अन्तर्गत बाँडफाँडमा ऋणपत्र पर्न सफल भएका लगानीकर्ताहरुको ऋणपत्र सम्बन्धित ऋणपत्रधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोबार भएको ऋणपत्रहरुको अभिलेख राख्ने, दाखिला खारेज गर्ने, ऋणपत्रधनीहरुकोलगत अध्यावधिक गरि राख्ने लगायतका रजिष्ट्रर सम्बन्धी सम्पूर्ण कार्यहरु असार ५ गतेदेखि एनआईसी एशिया क्यापिटल मार्फत हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

साथै, एनआईसी एशिया क्यापिटलको आइडीया टु आईपीओ सेवा अन्तर्गत जुनसुकै अवस्था र चरणमा रहेका कम्पनीहरुलाई आईपीओ जारी गर्ने तहसम्म पुर्याई सर्वसाधारणमा शेयर जारी गर्ने सम्बन्धी सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS