IME Life New

एनआईसी एशिया क्यापिटलले ल्यायो लगानी व्यवस्थापन सेवा अन्तर्गत फाइदा या फिर्ता योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत फाइदा या फिर्ता अफर योजना संचालनमा ल्याएको छ । क्यापिटलले आफ्नो लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” नारा सहित विभिन्न ग्राहकमुखी योजना संचालन गर्दै आइरहेको छ ।

क्यापिटलले लगानी व्यवस्थापन सेवालाई अझ परिस्कृत र ग्राहकमुखी बनाउने मुख्य उद्देश्यका साथ आगामी नयाँ आर्थिक वर्ष २०८१/८२ लाई लक्षित गरी लगानी व्यवस्थापन सेवा अन्तर्गत “फाइदा या फिर्ता” अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुले सेवा लिँदा क्यापिटललाई बुझाउनु पर्ने सेवा शुल्क सम्बन्धित लगानी व्यवस्थापन सेवा लिने ग्राहकको पोर्टफोलियो आर्थिक वर्ष अन्त्यमा बृद्धि गराउन नसकेको अवस्थामा लगानी व्यवस्थापन सेवा शुल्क बापत लिएको रकम सम्बन्धित ग्राहकलाई नै फिर्ता भुक्तानी गरिनेछ ।

Esewa
Crest

फाइदा या फिर्ता अफर योजना अन्तर्गत्का प्रमुख विशेषताहरूः
न्यूनतम लगानी : रु.१० लाख
अवधि : ३ वर्ष
वार्षिक शुल्क : १.५% (Negotiable)
Performance शुल्क:  १०%
Exit शुल्क: ०%
सर्त:सम्झौता अनुसारको समय अवधि भन्दा पहिला एक्जिट भएको अवस्थामा प्राप्त सेवा शुल्क फिर्ता भुक्तानी गरिने छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

17%
sad

दु :खी

17%
amazed

अचम्मित

17%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS