IME Life New

एनआईसी एशिया क्यापिटलको मोबाइल एप सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमााडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ। “अव लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा” भन्ने मुल नाराका साथ आफ्नो ग्राहकहरुलाई प्रविधिको प्रयोग मार्फत क्यापिटलमा उपस्थित नभई मोवाईलबाटै सहज र सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ एप संचालनमा ल्याईएको क्यापिटल जनाएको छ ।

क्यापिटलबाट प्रदान गरिने सेवाहरु तथा क्यापिटलसँग आवद्ध भएका ग्राहकहरुले एपबाटै सम्पूर्ण सेवाहरु प्राप्त गर्न सक्नेछन् । एपबाट व्यवस्थित लगानी योजना ९एसआईपी० मा आवद्द हुन तथा लगानी गर्न, अनलाइनबाट डिम्याट खाता र मेरोशेयर खाता खोल्न, पोर्टफोलियो व्यवस्थापन सेवा ९पीएमएस० मा सहभागी हुन सकिने क्यापिटलले जनाएको छ ।

Esewa
Crest

त्यस्तै म्युचुअल फण्डहरुको न्याभ हेर्न, डिम्याट तथा मेरोशेयर नवीकरण गर्न, पीएमएसमा लगइन गरि आफ्नो लगानीको अध्यावधिक विवरण हेर्न , मेरोशेयरको पासवर्ड तथा पिन परिवर्तनको लागि आग्रह गर्न, आइपीओ बाँडफाँडको विवरण हेर्न, शेयरबजार सम्बन्धित रिपोर्ट हेर्न, संचार हेर्न, बजारका अन्य विवरण नोटिफिकेसन प्राप्त गर्न सकिने लगायतका सेवाहरु एपमा उपलब्ध हुने क्यापिटलले जनाएको छ ।

क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुको सम्बन्धमा बिस्तृत जानकारी तथा नयाँ अफर सम्बन्धी सूचना पनि एपमा प्राप्त गर्न सकिने छ । एण्ड्रोइड र एप स्टोरमा एप उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS