IME Life New

एनआईसी एशिया क्यापिटलको अफर, अब ९९९ मा लाइफटाइम डिम्याट खाता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटलले नयाँ अफर ल्याएको छ । क्यापिटलले पे वान टाइम फरगट फर लाइफटाइम भन्ने नाराका साथ अब ९९९ रुपैयाँमा लाइफटाइम डिम्याट खाता चलाउन पाउने भएको छ । एकमुष्ट भुक्तानी गर्दा आजीवन डिम्याट खाता संचालन गर्न मिल्ने गरि डिम्याट खाता नविकरण योजना संचालनमा ल्याएको हो ।

कुनै पनि निक्षेप सदस्यमा डिम्याट खाता खोलि शेयरको कारोबार गर्ने खातावालाहरुले प्रत्येक वर्ष डिम्याट खाता नविकरण शुल्क वापत सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था रहेको छ । उक्त नविकरण शुल्क भुक्तानी नगरेको अवस्थामा सम्बन्धित खातावालाको डिम्याट खाता फ्रिज भई बिक्रि गरेको शेयर निर्धारित समयमा राफसाफ नभई हजारौं जरिवाना समेत भुक्तानी गर्नुपर्ने अवस्था रहेको छ । हरेक वर्ष डिम्याट खाता नविकरण शुल्क भुक्तानी गर्नुपर्ने र नविकरण शुल्क भुक्तानी गर्ने प्रकृया निक्कै झन्झटिलो रहेको हुँदा यस क्यापिटलले आफ्ना ग्राहकलाई न्यून शुल्कमा आजीवन डिम्याट खाता नविकरण गरिदिने व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ ।

Esewa
Crest

उक्त योजनाले नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारले सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुको लागि छुट्याई बाँडफाँट गर्नुपर्ने व्यवस्था गरिसकेको अवस्थामा बैदेशिक रोजगारीमा रहेका तथा विदेशमा जान लागेका व्यक्तिहरुलाई न्यून शुल्कमा डिक्याट खाता खोलि नविकरण गर्ने झन्झटबाट मुक्त हुन सक्ने क्यापिटलले जनाएको छ ।

क्यापिटलको आजीवन डिम्याट खाता योजना एाआईसी क्यापिटल तथा एनआईसी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट डिम्याट खाता खोलि आजको मितिमा नविकरण शुल्क भुक्तानी गर्न बाँकी नरहेका सम्पूर्ण खातावालाहरु त्था नयाँ खाता खोल्ने ग्राहकहरुले समेत लिन सक्नेछन् । यस एनआईसी एशिया लाइफटाइम डिम्याट खाता नविकरण योजना अर्काे सूचना जारी नभएसम्म संचालन हुने क्यापिटलले जनाएको छ ।

क्यापिटलको आजीवन डिम्याट खाता योजनामा सहभागि हुनका लागि क्यापिटलको नाममा एनआईसी एशिया बैंक लिमिटेडको थापाथली शाखाको खाता नम्बर, इ सेवा, खल्ती, कनेक्ट आइपिएस, फोन पे र आइएमई पे मार्फत भुक्तानी गर्न सकिने क्यापिटलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS