IME Life New

एनआईसी एशियाले ल्यायो विश्वकप लक्षित योजना, २ हजारसम्म टपअप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवद्र्धनका लागि मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ । योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विश्वकपका खेलहरुको सही बिजेता अनुमान गर्नेलाई प्रत्येक खेलमा ५ देखि १० जनालाई ५ सय देखि २ हजारसम्म मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ ।

साथै, उक्त योजना अन्तर्गत तीन सय जनालाई छनोट गरि बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्ने छ । २० लाख पटक भन्दा बढी डाउनलोड भइसकेको बैंकको मोबाईल बैकिङ्ग एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ । जसको आधारमा ग्राहकहरूले प्रत्येक खेल सुरु हुनुअघि बिजेता अनुमान गर्न पर्नेछ।

Esewa
Crest

यस योजना अनुसार काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने तीनसय वटा टिकटमध्ये १४० वटा ग्राहकहरूलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS