IME Life New

एनआईसी एशियाको मोबाइल बैंकिङ्ग प्रयोगकर्तालाई भ्यालेन्टाइन डेमा डिनर अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी बैंकले भ्यालेन्टाइन डेलाई लक्षित गरि निःशुल्क डिनरको अफर ल्याएको छ । बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत कारोबार गर्ने सेवाग्राहीलाई होटल सोल्टी क्राउन प्लाजामा उक्त अफर ल्याएको बैंकले जनाएको छ ।

११ फेबरुअरी देखि १३ फेबरुअरी अर्थात माघ २८, २९ र ३० गतेको अवधिमा आईसी एशिया बैंकको मोबाईल बैंकिङ्गबाट कारोबार गर्ने २० जनाले प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै भ्यालेन्टाइन डे का दिन सोल्टीमा विशेष डिनर गर्न पाउने छन् ।

Esewa
Crest

बैंकको मोबाईल बैंकिङ्ग एप मार्फत क्यू आर पेमेण्ट, बिजुलीको बिल भुत्तानी, मोबाइल टपअप लगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्नेहरुमध्येबाट २० जनालाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिने बैंकले जनाएको छ ।

इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन । अफरका विजेताहरुको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा विजेतालाई फोनमार्फत जानकारी दिने जनाएको छ ।

यो योजनाले सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पु¥याउने विश्वास बैंकले लिएको छ । यस्ता अफरहरुले आमजनमानसलाई डिजिटल बैंकिङ्ग प्रती लालायीत गर्ने र नगद भन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS