IME Life New

एनआईसी एशियाको केवाईसी विवरण भिडियो मार्फत अद्यावधिक गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकमा भिडियो मार्फत केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको छ । बैंकका ग्रहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै बैंकले यस्तो सुविधा ल्याएको हो ।

बैंकको वेबसाइटमा रहेको अनलाइन एप्लिकेसन ट्याबमा ईकेवाईसी छनौट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अद्यावधिकको कारण उल्लेख गरी इटिपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै विकल्प छनौट गरी सब्मिट गर्नु पर्ने बैंकले जनाएको छ ।

Esewa
Crest

ग्राहकले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकुल समयमा भिडियो कल मार्फत केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सकिने वा बैंकिङ्ग समयमा भिडियो कलको लागि समय लिएर सो समयमा केवासी विवरण अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । बैंकले यसअघि अनलाईन खाता खोल्ने ग्राहकको लागि अनलाईनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको सुरुवात गरिसकेको छ।

ग्राहकहरूले भिडियो केवाईसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र ( नागरिकता । पासपोर्टड्राइभिङ लाइसेन्स मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो र निलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कल मार्फत देखाउनु पर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यसरी भिडियो केवाईसी मार्फत केवाईसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकहरूले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्ने छन्।

स्वदेश वा विदेशमा रहेका ग्राहकहरूलाई भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण अद्यावधिक सहज रुपमा गर्न सकिने हुँदा यसबाट ग्राहकहरूलाई उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थिति हुनुपर्ने झन्झबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको जनाएको छ ।

हालसम्म बैंकले ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल गरी सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS