IME Life New

एनआईसीले ल्यायो बीमा सम्बन्धि चमत्कारिक सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआईसी एशीया बैंकले आफना ग्राहकहरुको सुविधाको लागि बीमा सुविधा सहितको चमत्कारिक बचत योजना सञ्चालन गरेको छ । सो योजना अनुसार बैंकले आफना सेवाग्राहीलाई १५ लाख रुपैयाँसम्मको १८ घातक रोगहरुको बीमा सुविधा प्रदान गर्ने भएकोछ ।

साथै १५ लाख रुपैयाँ सम्मको दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने भएको छ । यसका साथै बैंकले एक लाख देखि ५० हजारसम्म औषधी उपचार सम्बन्धि सुविधा पनि दिने भएको छ ।

Esewa
Crest

बैंकले कर्जा सम्बन्धी चमत्कारिक फाईदाहरु पनि ल्याएको छ । जसमा कर्जाको ब्याजदरमा बिशेष सहुलियत सुविधा प्राप्त गर्नुका साथै कर्जासँग सम्बन्धित प्रशासनिक शुल्कमा ० दशमलव २५ प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ ।

यसका साथै बैंकले मौज्दात अनुसार ५ ग्रामसम्मको सुन २५ ग्रामसम्म चाँदीका सिक्काहरु निक्षेपकर्तालाई प्रदान गर्नेछ । देशभरका रहेको जुनसुकै एटीएम मार्फत रकम निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि गरेको छ।

बैंकले शून्य मार्जिन डिपोजिटमा निःशुल्क लकर सुविधा प्रदान गर्न भएको छ । नेपालमै पहिले पटक स्वाईप ईन, स्पवाईप आउटको सुविधाबाट खाताबाटै मुद्दती खाताको समेत सुविधा लिन सक्ने व्यवस्था गरेको छ।

बैंकले होम बैंकिङको सुविधाको साथै अन्य १२ चमत्कारिक फाईदाहरु समेत प्रदान गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS