IME Life New

एनआईबिएल सहभागिता फण्डले घोषणा गर्यो प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल सहभागिता फण्डले २०७९/ ८० को प्रतिफल घोषणा गरेको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक कोष प्रबर्द्धक तथा एनआईएमबि एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामखी योजनाले लाभांश घोषणा गरेको हो ।

योजनाको आर्थिक बर्ष २०७९/८० को लेखापरिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको साउन ११ गते अपरान्ह ४ बजे बसेको संचालक समितिको बैंठकले आर्थिक बर्ष २०७९/८० का लागि उक्त योजनाका इकाईधनीहरुलाई कर सहित ४ प्रतिशत प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो।

Esewa
Crest

क्यापिटलले लाभांश वितरणको लागि साउन ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। साउन ११ गतेसम्म कायम रहेका इकाईधनीहरुले मात्र फढडको प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

एनआईबिएल सहभागिता फण्ड एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने कर तथा निर्धारित डिपी शुल्क कट्टी पछिको लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको क्यापिटलले जनाएको छ ।

यस अघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराई सकेका योग्य इकाईधनीहरुको हितग्राही खातामा यथासिघ्र इकाईहरु पठाईने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS