IME Life New

एनआईबिएल ग्रोथ फण्डले बोर्डबाट पायो संचालन अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, कोष प्रबद्र्धक तथा एनअईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने पाँचौ योजना “एनआईबिएल ग्रोथ फण्ड” संचालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

फण्डले मंसिर १८ गते प्राप्त भएको छ । यस योजनाको आकार १ अर्ब ६० करोड र समयावधि १० वर्षको रहने छ र यससंगै अहिले सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन गर्ने म्युचुअल फण्ड योजना हुनेछ । उक्त अवधि भर यस योजनाले बार्षिक प्रतिफलको रुपमा २०.२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।

Esewa
Crest

“एनआईबिएल ग्रोथ फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयावधि सम्म दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने व्यहोरा क्यापिटलले जनाएको छ । “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत यस अघि नै तीन वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना समेत संचालनमा रहेका छन् । “एनआईबिएल समृद्धि फण्ड –१” आफ्नो ७ वर्षे समयावधि पूरा भई परिपक्क भईसकेको र

उक्त योजनाले वार्षिक १८ प्रतिशत औसत प्रतिफल समेत वितरण गरिसकेको थियो । त्यस्तै अन्य दुई बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड –२ समेत संचालनमा रहेका छन् ।

साथै नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागीता फण्ड” पनि यसै म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको छ र यस योजनाले समेत हाल सम्म कुल ६५.४५ प्रतिशत लाभांश वितरण गरी वार्षिक २२ प्रतिशत औसत प्रतिफल समेत कायम राख्न सफल रहेको छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतका योजनाको इकाईधनीहरुले समुचित प्रतिफल वार्षिक रुपमा प्राप्त गर्र्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS