IME Life New

“एनआईबिएल ग्रोथ फण्ड”को इकाई बाँडफाँड सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको “एनआईबिएल ग्रोथ फण्ड” योजनाले सार्वजनिक रुपमा बिक्रि आह्वान गरिएको १६ करोड इकाईह बाँडफाँड गरिएको छ । उक्त ग्रोथ फन्ड २०७९/९/०७ गतेदेखि २०७९/०९/२१ गतेसम्म सार्वजानिक रुपमा विक्री आह्वान गरिएको थियो ।

एनआईबिएल ग्रोथ फण्डको प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको १६ करोड इकाईहरुमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिइएल एस क्यापिटल लिमिटेड तथा १९ प्रतिशत अर्थात ३ करोड ४ लाख इकाई कोष प्रवद्घक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) को लागि गरी कुल निष्काशन गरिने इकाई मध्ये ३ करोड २० लाख इकाई सुरक्षित राखी बाँकी रहेको १२ करोड ८० लाख इकाईको २०७९ पौष ०७ गते बिहिबार देखि २०७९ पौष २१ गते बिहिबारसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

Esewa
Crest

सो अवधिभित्र ४२ हजार ६० आवेदकहरु मार्फत ९ करोड ९३ लाख ६७ हजार ९ सय इकाईका लागि मात्र रितपूर्वक आवेदन भई योजनाको आकार जम्मा १ अर्ब ३१ करोड ३६ लाख ७९ हजार हुने भएको र योजना व्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले बिज पूँजीको रुपमा ६३ लाख २१ हजार थप गरी रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकलाई माग गरेअनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम मिति २०७९ माघ ३ गते बाँडफाँड गरिएको थियो । ६३ लाख २१ हजार थप गरी योजनाको आकार १ अर्ब ३२ करोड कायम गरिएको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS