IME Life New

एनआईबिएल एस र एलायन्स फर्मास्यिुटिकल्सबिच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र एलायन्स फर्मास्यिुटिकल्स प्रा. लि बिच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आईपीओ सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा एलायन्स फर्मास्यिुटिकल्सका तर्फबाट अध्यक्ष मनोहर दास मुलले हस्ताक्षर गरेका थिए । उक्त समारोहमा एनर्आइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट संस्थागत परामर्शप्रमुख भुवन राज पन्त तथा एलायन्स फर्मास्यिुटिकल्सका तर्फबाट प्रबन्ध निर्देशक सुनिल प्रधानको उपस्थिती रहेको थियो ।

एलायन्स फर्मास्यिुटिकल्स कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता भई काठमाडौं नेपालमा सञ्चालन भइरहेको छ । साथै बारा जिल्ला सिमरास्थित कारखाना बाट औषधी उत्पादन गर्दै आईरहेको छ । उक्त कम्पनि ले उत्कृष्ट गुणस्तरीय औषधीयुक्त बस्तु उत्पादन तथा सेवाहरु प्रदान गरेर एक दक्ष औषधीयुक्त बस्तु उत्पादन कम्पनिको रुपमा स्थापीत हुन सफल भएको छ । साथै एलायन्स फर्मास्यिुटिकल्स औषधी उत्पादन कुशल अभ्यास प्रमाणित कम्पनि हो ।

Esewa
Crest

उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटल लिमिटेडले एलायन्स फर्मास्यिुटिकल्स प्रा. लि. लाई सर्वसाधारण सेयर निष्काशन पूर्व कम्पनिले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्नेछ । जस अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेडले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनी रुपान्तरणमा मध्यस्थता गर्ने, पूँजि संरचनामा तथा पूँजि विृद्घि मा आवस्यक परामर्श दिने, निष्काशन प्रकृया, आकार र मुल्य निर्धारणमा परामर्श दिने र सेयर निष्काशन पूर्व कम्पनिलाई चाहिने आवस्यक परामर्श , मध्यस्थता र कागजात तयारिमा सहयोग गर्ने छ । साथै सर्वसाधारणमा शेयर निष्काशन पूर्व कम्पनीलाईचाहिने आवश्यक पूँजि सकंलन प्रकृयामा पनि आवश्यक परामर्श र मध्यस्थता गर्नेछ र सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ ।

एनआएबीएल एसले संस्थागत परामर्श सेवामार्फत्व्यवसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पूँजी संकलन गर्ने, ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS