IME Life New

एनआईबिएल एस क्यापिटलको २०% लाभांश घोषणा, एजिएम कार्तिक १८ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल एस क्यापिटलले कार्तिक १८ गते साधारण सभा गर्ने भएको छ । उक्त सभा लाजिम्पाट स्थित आफ्नै कार्यालयमा गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट २० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३२, २०७९ मा समाप्त भएको आर्थिक वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ।व। २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न संचालक समितिको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने, मुख्य कम्पनी श्री नेपाल इन्भेष्टमेण्ट बैंक हाल गाम्ने गाभिने प्रकृयामा रहेको र मुख्य कम्पनी श्री नेपाल इन्भेष्टमेण्ट बैंक अन्य मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गरिरहेका बैंकरवित्तीय संस्थाहरूसँग गाभिएमा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम २९(क) बमोजिम सो कम्पनीसँग गाभ्ने गाभिने तथा अन्य मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूसँग गाभ्नेरगाभिने सन्दर्भमा समेत प्रचलित कानुन तथा निर्देशनहरू बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरू पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरूबाट निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी यस कम्पनीको नियमावलीको नियम ३१ (१) संशोधन गरी सञ्चालक समितिको भत्ता वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा भएका संशोधन थप उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको अनुदान दान रकम १३.१२,४१९ पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS