IME Life New

एनआईबिएल एस क्यापिटलको १०औं बार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडको १० औं वार्षिक साधारण सभा क्यापिटलको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाण्डौमा सम्पन्न भएको छ । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २० प्रतिशत (कर सहित) का दरले हुन आउने रु.५ करोड ४० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त साधारण सभामा प्रस्तुत बिशेष प्रस्ताव अन्र्तगत मुख्य कम्पनी नेपाल इन्भेष्टमेण्ट बैंक लि. हाल गाभ्ने गाभिने प्रकृयामा रहेको र मुख्य कम्पनी नेपाल इन्भेष्टमेण्ट बैंक लि. अन्य मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुसँग गाभिएमा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम २९(क) बमोजिम सो कम्पनीसँग गाभ्ने र गाभिने तथा अन्य मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरुसँग गाभ्ने र गाभिने सन्दर्भमा समेत प्रचलित कानुन तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरी अख्तियारप्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने तथा संचालक समितिको भत्ता वृद्घि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

Esewa
Crest

क्यापिटलको एकमात्र शेयरधनी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको प्रतिनिधी तुल जंग पाण्डेले बैंकको तर्फबाट प्रतिनिधित्व गरेको उक्त साधारण सभाको सभापतित्व सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवालले गरेका थिए । उक्त सभामा सञ्चालक समिति सदस्यहरु दिपक कुमार श्रेष्ठ, सृजना पाण्डे, रविन्द्र भट्टराई, र आनन्द कुमार भट्टराई को समेत उपस्थिती रहेको थियो ।

त्यसैगरी नियमन निकायका प्रतिनिधीहरु, लेखापरीक्षक तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव लगायत अन्य पदाधिकारीहरुको समेत समुपस्थितीमा साधारण सभा सु–सम्पन्न भएको छ ।

अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप क्यापिटलले प्रदान गर्ने सेवाहरु समेत अनलाईन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ । क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ सेवालाई थप परिस्कृत गर्दै आगामी दिनमा शाखा संञ्जालको बिस्तार गर्ने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS