IME Life New

एनआइसी एशिया बैंकले ल्यायो भ्यालेन्टाइन डे अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया बैंकले भ्यालेन्टाइन डे अर्थात ‘फेब्रुअरी १४’ लाई लक्षित गर्दै ‘सेलिब्रेट लभ वीथ एनआइसी एशिया बैंक’ योजना सार्वजनिक गरेको छ। यस योजना बैंकले मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर ल्याएको हो ।

२०७९ माघ २८ देखि २०७९ फाल्गुन १ सम्म यो योजना लागु भएको छ। योजना अन्तर्गत रहेर बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा यही बैंकको क्युआर कोड तथा पिओएस मेसिनमा पहिलो पटक कारोबार गर्ने ग्राहकहरूलाई १४ प्रतिशत वा अधिकतम दुईसय सम्म क्यास ब्याक उपलब्ध हुनेछ ।

Esewa
Crest

बैंकले यसरी कारोबार गर्नुहुने मध्ये २० जनालाई फाल्गुन २ अर्थात फेब्रुअरी १४ मातारे होटलमा आफ्नो साथीसँग डिनर गराउने छ। काठमाडौं बाहिर बाट यस योजनामा समावेश भई डिनरको लागि छनौट हुनेहरूलाई पायक पर्ने नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनर गराउने बैंकले जनाएको छ।

यस योजनामा मोबाइल बैंकिङ्ग एपमार्फत गरिने वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई मान्यता दिएको छैन । डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले ल्याएको यस योजनाबाट ग्राहकलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदानपुग्ने विश्वास बैंकले लिएको छ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS