IME Life New

एनआइसी एशिया बैंकले ल्यायो “फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा” अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया बैंकले कनेक्ट आइपिएससँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहकहरुका लागि “फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा” अफर सार्वजनिक गरेको छ ।

उक्त अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहकले यस बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरी कनेक्ट आइपिएस मार्फत फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । भदौ १७ गतेदेखि असोज २० गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ ।

Esewa
Crest

उक्त विजेताको जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ । फण्ड ट्रान्सफर गर्न आफ्नो मोवाइल बैंकिङ्ग सेवा एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फण्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर छनौट गर्नुपर्छ ।

यसरी फण्ड ट्रान्सफर गर्दा कनेक्ट आइपिएस मा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS