IME Life New

एक स्थानीय तह बाहेक सबै स्थानीय तहमा पुग्यो वाणिज्य बैंकहरुको शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । २०८० जेठसम्म कुल ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन्। आज नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को एघार महिनाको तथ्याङक सार्वजनिक गर्दै यस्तो बताएको छ । २०७९ जेठसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८० जेठ मसान्तमा ११९ रहेको छ । यसमध्ये २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६३ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा ११,५२८ रहेकोमा २०८० जेठ मसान्तमा ११,५८३ पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

40%
amazed

अचम्मित

20%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS