IME Life New

एक वर्षको अवधिमा नेपाल लाईफको बजार मूल्य दोब्बर ! बजार मूल्य १९०० माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ। नेपाली जीवन बीमा कम्पनीको लिडर कम्पनी नेपाल लाईफ इन्स्योरेन्सको बजार मूल्य एक वर्षको अवधिमा १२६ प्रतिशतले वृद्धि भएको छ। एक वर्ष अघि आजकै दिन अर्थात सन् २०१९ डिसेम्बर १ गते नेपाल लाईफको बजार मूल्य ८४२ रुपैयाँ प्रति कित्ता बन्द भएकोमा आज प्रति कित्ता १९१० मा कम्पनीको बजार मूल्य बन्द भएको छ । एक वर्षमा कम्पनीको बजार मूल्य प्रति कित्ता १०६८ रुपैयाँले वृद्धि भएको छ ।

कम्पनीले आर्थिक वर्ष ७४/७५ सम्मको लाभांश वितरण गरेको छ । कम्पनीले आर्थिक वर्ष ७४/७५मा २५ प्रतिशत बोनस शेयर र २३ दशमलव ५ प्रतिशत नगद लाभांश गरी जम्मा ४८ दशमलव ५० प्रतिशत लाभांश दिएको थियो ।

Esewa
Crest

नेप्सेमा सुचिकृत अन्य कम्पनीहरुले आर्थिक वर्ष ७६/७७को लाभांश प्रस्ताव गरेको बेला नेपाल लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को नै लाभांश प्रस्ताव नगरेको अवस्थामा लगानीकर्ताले नेपाल लाईफ इन्स्योरेन्सको लाभांशको लोभमा झुम्मिएको प्रस्ट बुझ्न सकिन्छ।

केही दिन यता नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा आक्रामक खरिदकर्ताको उपस्थीती थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS