IME Life New

एक इन्स्योरेन्स सहित दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज एलआइसी नेपाल र जानकी फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी कम्पनीको शेयर आजसम्म् किन्नेले कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले साधारण सभा तथा लाभांश प्रयोजनका लागि माघ २४ गतेदेखि फागुन ११ गतेसम्म शेयर दाखिला खारेजको काम बन्द हुने जनाएको छ । त्यसकारण माघ २३ गतेसम्म् नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

Esewa
Crest

कम्पनीले आफ्नो १९औं वार्षिक साधारण सभा माघ ११ गते सबेको संचालक समितिको बैठकले फागुन ११ गते गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजेबाट शुरु हुने कम्पनीले जनाएको छ । कोरोना संक्रमनको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट हुनेछ ।

सभामा कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन २०७६/ ७७ प्रस्तुत गरी अनुमोदन गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६ र७७ को वासलात, आय व्यय र सोही अवधिको नगद प्रवाह लगायतका विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ ।

सभाले प्रस्तावित २० प्रतिशत बोन शेयर र कर प्रयोजनका लागि समेत गरी १ दशमलव ०५२६३१५६९ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले लेखापरीक्षण समितिको प्रस्तावित आर्थिक वर्ष २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले संस्थापक शेयरधनीको आफ्नो स्वामित्वमा रहेको कुल १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, बोनश शेयर पछि कायम हुने पूँजी बृद्धिका सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने क्रममा निकायहरुले आवश्यक सुझाम वा निर्देशन दिएमा सोही अनुरुप आवश्यक समायोजन गर्न संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने, संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को निर्देशन बमोजिम प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक अनुमोदन गर्ने र अध्यक्षको अनुमतिले अन्य कुनै विषयमाथि छलफल गर्ने लगायतका प्रस्ताव पारित हुनेछ ।

त्यस्तै, जानकी फाइनान्सले साधारणसभा प्रयोजनको लागि माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले २५ औँ वार्षिक साधारणसभा फागुन ७ गते आह्वान गरेको छ । कम्पनीले उक्त सभा होटल मानकी इन्टरनेशनल प्रा।लि।, शिवचौक, जनकपुरधाममा गर्ने जनाएको छ । सो सभा बिहान १० बजेदेखि शुरु हुनेछ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ७८९५ प्रतिशत नगद गरि कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पनि पारित गर्नेछ ।

सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब लगायतका प्रतिवेदन पारित गर्ने, संस्थापक तर्फ ३ र सर्वसाधारणतर्फ २ जना गरि ५ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यस्तै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS