IME Life New

एउटा यस्तो बीमा योजना जसले करोडपति बन्ने सपना साकार बनाउछ: रिलायबल धनपति बीमा योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: रिलायबल नेपाल लाइफ इन्स्योरेन्स देशका लब्ध प्रतिष्ठित, अर्थशास्त्री, बैंकर, ब्यवसायीद्धारा प्रर्बद्धित जीवन बीमा कम्पनी हो । यस कम्पनीले व्यक्ति सुहांउदा विभिन्न किसिमको नयां नयां जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिती जनाउने लक्ष्य लिएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नेपाली बीमा बजारमा नयाँ तथा उच्च प्रतिफल दिने बीमा योजनाहरु जनमानसमा लिएर आएको छ, कम्पनीले हाल विभिन्न ११ किसिमका बीमा योजनाहरु बिक्री गरिरहेको छ। जस मध्ये रिलायबल धनपति जीवन बीमा योजना नेपालमै पहिलो र नयाँ किसिमको जिबन बीमा योजना रहेको कम्पनीले जनाएको छ, यो बीमा योजनाले करोडपति बन्ने सपना सजिलै साकार बनाउन सक्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

रिलायबल धनपति जीवन बीमा योजना एउटा सावधिक जीवन बीमा योजना अन्तर्गत पर्ने उच्च प्रतिफल, सुरक्षा, र बचत एकैसाथ प्रदान गर्ने जीवन बीमा योजना रहेको कम्पनीले जनाएको छ। बीमा अवधी समाप्तीमा बीमित जीवित रहेको खण्डमा बीमालेखमा उल्लेखित परिपक्वता मुल्य पाउने ग्यारेण्टी भएको यो बीमा योजनामा बीमितले न्युनतम रु. ५०,००,०००/- (रु. पचास लाख) देखी माथी जतिसुकै परिपक्वता मुल्य छनौट गरि बीमा गर्न सकिन्छ र सोही आधारमा बीमाशुल्क गणना गरिनेछ ।

यसबाट बीमा अवधी समाप्तीमा आफुले चाहेको रकम जस्तै पचास लाख, एक करोड, दुई करोड वा सो भन्दा बढी रकम बराबर परिपक्वता मुल्य कायम गरी बीमा गर्न सकिनेछ र सो रकम भुक्तानी पाउन सकिनेछ । सानो सानो बचत गरी करोडपति बन्ने ईच्छा राख्ने हरेक नेपालीलाई लक्षित गरि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले यो योजना ल्याएको हो ।

१० देखी ४० बर्ष बीमा अवधी रहने गरि बीमा गर्न सकिने यो योजनामा न्युनतम प्रवेश उमेर १६ बर्ष र अधिकतम प्रवेश उमेर ५५ बर्ष रहेको छ ।

बीमाशुल्क भुक्तानी अवधी बीमा अवधी सम्म बीमाशुल्क भुक्तानी गर्ने तरिका बार्षिक/अर्धबार्षिक/त्रैमासिक/मासिक रुप मा गर्न सकिन्छ भने मासिक रुपमा बीमाशुल्क भुक्तान गर्दा तलबी कर्मचारीले रोजगारदाताबाट मासिक रुपमा तलब प्राप्त गरेको प्रमाण पेश गरेको खण्डमा अतिरिक्त शुल्क (overload) नलाग्ने व्यवस्था कम्पनीले गरेको छ ।

रिलायबल धनपति जीवन बीमा योजनाका लाभहरु :
मृत्युलाभ: कथंकदाचित बीमा अवधी भित्र बीमितको मृत्यु भएमा बीमितले इच्छाएको ब्यक्तिले परिपक्वता मुल्य बराबर रकम भुक्तानी पाउनेछ ।

परिपक्वता लाभ: बीमा अवधी समाप्तीमा बीमित जीवित रहेको खण्डमा आफुले छनौट गरेको परिपक्वता मुल्य बराबर रकम भुक्तानी पाउने व्यवस्था छ, यो योजनाको मुख्य विशेषता अनुसार परिपक्वता लाभ कम्तिमा एक करोडको हुन्छ ।

रिलायबल धनपति जीवन बीमा योजनाका फाईदाहरु :
-सानो सानो बचतबाट करोडपति बन्न सकिने ।
-न्यूनतम रु. ५०,००,०००/– देखी माथी आय श्रोतको आधारमा जतिपनि परिपक्वता मुल्य छनौट गरी बीमा गर्न सकिने ।
-बीमा अवधीमा कथंकदाचीत बीमितको मृत्यु भएमा अथवा बीमा अवधी समाप्तीमा बीमित जीवित रहेको खण्डमा बीमालेखमा उल्लेखित परिपक्वता मुल्य पाउने ग्यारेण्टी भएको (जसको कारणले कम्पनीको बोनश दरको चिन्ता बिमितलाई हुदैन, बीमालेखमा उल्लेखित परिपक्वता मुल्य पाउने ग्यारेण्टी हुन्छ) ।
-बीमा अवधीमा कथम कदाचित बीमितको मृत्यु भएमा बीमितले छनौट गरेको परिपक्वता मुल्य बीमितले इच्छाएको ब्यक्तिलाई प्रदान गरिने ।
-बीमितलाई आवश्यक परेको खण्डमा दुई बर्ष बीमाशुल्क र दुई बर्ष अवधी भुक्तान भएपछि समर्पण मुल्यको बढीमा ९० प्रतिशत सम्म कर्जा लिन सकिने ।
-ऐच्छिक सुबिधा अन्तर्गत दुर्घटना मृत्यु लाभ थप गरी लिन सकिने ।
-आयकर लाभको सुबिधा रहेको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS