IME Life New

उन्नति सहकार्य लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उन्नति सहकार्य लघुवित्तले ८औं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ । कम्पनीको चैत ८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा भैरहवामा एशियन बुद्ध होटलमा आयोजना गर्ने जनाएको छ । कम्पनीले यस वर्ष लाभांश प्रस्ताव गरेको छैन।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८ /७९ को बार्षिक प्रतिवेदन स्वीकृत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्त सम्मको वासलात र आर्थिक वर्ष २०७८/७९ को, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणमा छलफल गरी स्वीकृत गर्नेछ ।

Esewa
Crest

सभाले लेखापरीक्षण समितिको सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७९ /८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र नीजको पारिश्रमिक निर्धारण गर्ने । निजिको पारिश्रमिक तय गर्ने, भविष्यमा वित्तीय संस्थाले अन्य इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय सस्थाहरुलाई गाभ्ने वा संस्थाहरुसंग गाभिने, गाभ्ने गाभिने वा प्राप्ती गर्ने प्राप्ती हुन जाने प्रयोजनार्थ उपयुक्त देखिएमा सो संग सम्बन्धित आवश्यक सम्पूर्ण कार्वाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS