IME Life New

ईभी बजारमा चीनको डर, जापानका ठूला कम्पनी निसान, होन्डा र मित्सुबिसी मर्ज हुँदै !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानका तीन दुई अटो निर्माता कम्पनी निसान मोटर र होन्डा मोटर मर्ज हुने तयारी गरिरहेका छन्। यो मर्जरमा अर्को ठूलो कम्पनी मित्सुबिसी मोटरलाई पनि समावेश गर्ने विषयमा कम्पनीहरुलाई छलफल भइरहेको रोयटर्समा प्रकाशित समाचार उल्लेख छ।

खासगरी ईभी सेगमेन्टमा चिनियाँ कम्पनीहरुबाट पाइरहेको चुनौतीसँग लड्न जापानका ३ ठूला अटो निर्माता कम्पनी एक हुन बाध्य भएको बताइएको छ। हाललाई निसान र होन्डा एक भएर एउटा होल्डिङ कम्पनी बनाउने र त्यसमा पछि मित्सुबिसीलाई समावेश गर्ने विषयमा तीव्र छलफल भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित समाचारमा उल्लेख छ।

Esewa
Crest

आपसमा प्रतिस्पर्धा गर्नुभन्दा एक भएर अगाडि बढ्ने रणनीतिमा ती कम्पनीहरु रहेको बताइएको छ। यसले लागत पनि घट्ने र नाफा पनि बढ्नेमा उनीहरु एकमत भएका छन्।

मर्जरबाट धेरै फाइदा निसानलाई हुनेछ। केही महिनापहिले कम्पनीले ९ हजार कर्मचारी कटौती गर्दै गाडी उत्पादन क्षमतामा २० प्रतिशतको कमी गर्ने घोषणा गरेको थियो। यसका बाबजुद कम्पनीको अपरेटिङ मार्जिन ०.४ प्रतिशत रहने अनुमान गरिएको थियो।

उता होन्डा बलियो अवस्थामा छ। यसको अपरेटिङ मार्जिन ४.६ प्रतिशत रहने अनुमान गरिएको छ। गत मार्चमा निसान र होन्डाले ईभी सेगमेन्टमा रणनीतिक साझेदारीको सम्भावना खोज्नेमा सहमति जनाएका थिए। चीनमा ठूलो परिमाणमा ईभी कारको उत्पादन हुन थालेपछि मानिसहरुले पेट्रोल र डिजेल कार छाडेर ईभीतिर आकर्षित भइरहेका छन्।

होन्डा र निसानबीचको मर्जरमा धेरै चुनौती रहेको जानकारहरु बताउँछन्। किनकि मर्जरपछि कम्पनीले ठूलो संख्यामा कर्मचारी कटौती गर्नुपर्नेछ। यसका साथै यो साझेदारीमा मित्सुबिसीलाई पनि समावेश गर्नुपर्ने हुन्छ। किनकि मित्सुबिसीको सबैभन्दा ठूलो शेयरहोल्डर निसान हो। मर्जरको खबर आएसँगै निसानको शेयरभाउ २० प्रतिशत र मितसुबिसीको १३ प्रतिशतले बढेको छ। होन्डाको शेयरभाउमा भने २ प्रतिशतको गिरावट आएको छ।

गत नोभेम्बरमा ग्लोबल ईभी सेल्समा चीनको हिस्सेदारी करिब ७० प्रतिशत थियो। चीनबाट आइरहेको सस्ता ईभीका कारण निसान र होन्डाले कार बिक्रीका लागि ठूलै संघर्ष गरिरहनुपरेको छ।

चिनियाँ कम्पनी बीवाईडीले गत अक्टोबरमा बिक्रीको मामिलामा पहिलोपटक अमेरिकी कम्पनी टेस्लालाई पछि पारेको थियो। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS