IME Life New

इन्स्योरेन्स खबर प्रभावः राजीनामा दिएर प्रभू महालक्ष्मीबाट बाहिरिए भट्टराई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर रमेश कुमार भट्टराई बाहिरिएका छन्। प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको बुधबार बसेको सञ्चालक समितिको बैठकले भट्टराईको राजीनामा स्वीकृत पनि गरेको छ।

भट्टराईको नियुक्ति बीमा ऐन २०७९ को प्रावधान विपरित भएकाले अवैध भएको भन्दै इन्स्योरेन्स खबरले सप्रमाण समाचार प्रकाशन गरेपछि भट्टराई राजीनामा दिन बाध्य भएका हुन् । बीमा नियामक नेपाल बीमा प्राधिकरणले असार १९ गते भट्टराईको नियुक्तिका लागि दिएको स्वीकृति नै अवैध भएको तथ्य प्रकाशमा आएपछि भट्टराईलाई राजीनामा गरेर बाहिरिन प्राधिकरणबाट नै सुझाव दिइएको सम्बद्ध श्रोतको दाबी छ।

Esewa
Crest

प्रभु महालक्ष्मी लाइफका सीईओ भट्टराईको नियुक्तिमा बीमा प्राधिकरणले थाल्यो कारबाही, ५ दिनभित्र स्पष्टीकरण पठाउन निर्देशन

बीमा ऐन २०७९ को दफा ८ को प्रावधान अन्तर्गत भट्टराईको नियुक्ति बीमकको सञ्चालक समितिले गर्नुपर्नेमा नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ को दफा २८ को प्रावधानको आधारमा आफैंले भट्टराईको नियुक्तिको स्वीकृति दिएको थियो ।

सीईओको नियुक्तिमा ऐन ठूलो कि निर्देशिका ? प्राधिकरणले ऐन मिचेर निर्देशिका टेकेर भट्टराईलाई दियो दिनै नमिल्ने नियुक्ति ?

बीमा ऐन २०७९ को दफा ५७ को उपदफा ४ मा योग्यता पुगेको व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गरी त्यसरी नियुक्त गरेको सात दिनभित्र प्राधिकरणलाई लिखित जानकारी गराउनुपर्ने प्रावधान छ । अर्थात् प्राधिकरणलाई जानकारी गराए मात्र पुग्छ पूर्व स्वीकृति लिनुपर्दैन । यो प्रावधानबाट ऐनले नै प्रमुख कार्यकारी अधिकृत नियुक्तिको पूर्ण अधिकार सञ्चालक समितिलाई दिएको छ। मर्जर पछि गठन हुने सञ्चालक समितिको सिफारिशमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिनुपर्नेमा प्राधिकरणले नियामकीय अधिकारको दुरुपयोग गर्दै नयाँ सञ्चालक समिति गठन हुनुपूर्व नै भट्टराईको नियुक्तिका लागि स्वीकृति दिएको थियो ।

गैरकानुनी नियुक्ति काण्डः प्रभु महालक्ष्मीका सीईओ भट्टराईमाथि छानबिन गरी कारबाही गर्न माग

बीमा ऐन २०७९ ले नियुक्तिको जानकारी लिने बाहेक प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा प्राधिकरणको भूमिका दिएको छैन । ‍प्रमुख कार्यकारीको नियुक्तिमा आफ्नो कुनै भूमिका नहुने भएपनि प्राधिकरणले संस्थागत सुशासनको बर्को ओढाएर भट्टराईलाई अवैध नियुक्तिको स्वीकृति प्रदान गरेको थियो ।

प्रभु महालक्ष्मीका सीईओ भट्टराईको नियुक्ति नै अवैध, मतियार बन्यो बीमा प्राधिकरण

प्राधिकरणले साबिक प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जर भएर नयाँ सञ्चालक समितिको गठन  २०८० साउन १ गते भएको थियो । प्राधिकरणको त्रुटीपूर्ण निर्णयका कारण प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ सञ्चालक समितिले एकीकृत कारोबार शुरु भएपछि प्रमुख कार्यकारी को हुने भन्ने गम्भीर र महत्वपूर्ण लिने अवसर नै पाएन । साबिक मर्जर कमिटीका सचिवको सिफारिशलाई आधार मान्दै प्राधिकरणले दुबै कम्पनीको सञ्चालक समिति र मर्जर कमिटीको सिफारिशको आधारमा भट्टराईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्न स्वीकृति प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

59%
happy

खुसी

24%
sad

दु :खी

12%
amazed

अचम्मित

6%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS