IME Life New

इन्स्योरेन्स खबर प्रभावः नेपाल लाईफले १४ वटा उपसमिति ५ वटामा झार्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्समा संस्थागत सुशासन निर्देशिका विपरित गठन गरिएको उप समितिहरु खारेज गरिएका छन् । बीमा समितिको कारवाही पछि संचालक समितिले १४ वटा उपसमिति ५ वटा उपसमितिमा सीमित गरेको बीमा समिति स्रोतले बताएको छ ।

कम्पनीको संचालक समितिले दर्जन्भन्दा बढी उपसमितिहरु गठन गरेर बैठक भत्तावापत व्यापक आर्थिक अनियमितता भएको तथ्य इन्स्योरेन्स खबरमार्फत् सार्वजनिक भएपछि बीमा समितिको संचालक समितिले  १० हजार रुपैयाँ नगद जरिवानासहित कारवाही गर्ने निर्णय गरेको थियो ।

Esewa
Crest

बीमा समितिको पुस ६ गते बसेको संचालक समिति बैठकले बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ विपरित नेपाल लाईफमा उपसमितिहरु गठन गरिएको विषयमा नगद जरिवाना गरेको हो । कम्पनीको संचालकमध्ये कमलेश कुमार अग्रवाल ८ वटा र बिमल प्रसाद ढकाल ३ वटा उप समितिमा संयोजक रहेका थिए । नेपाल लाईफको संचालक समितिले १४ वटा विभिन्न उप समितिहरुको गठन गरेको थियो । कमलेश कुमार अग्रवालले गत आ।व।मा बैठकभत्तावापत एक्लैले २९ लाख रुपैयाँ भुक्तानी लिएका छन् ।

बीमकको संस्थागत सुशासन निर्देशिकामा कुनै एक उपसमितिको संयोजक रहेको संचालक अर्को उपसमितिको संयोजक हुन नपाउने प्रावधान रहेको छ ।

यो पनि पढ्नुहोस

नेपाल लाइफका दुई सञ्चालकले नियम विपरित भत्ता लिएको ठहर, समितिले माग्यो स्पष्टिकरण

नेपाल लाइफका दुई सञ्चालकले नियम विपरित भत्ता लिएको ठहर, समितिले माग्यो स्पष्टिकरण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS