IME Life

नेपाल लाइफका दुई सञ्चालकले नियम विपरित भत्ता लिएको ठहर, समितिले माग्यो स्पष्टिकरण

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवाल र विमल प्रसाद ढकालले संस्थागत सुशासन विपरित भत्ता बुझेको पाइएको छ । बीमा समितिले गरेको अनुगमनका क्रममा सञ्चालक कमलेश कुमार  अग्रवाल र विमल  प्रसाद ढकालले  नियम विपरित ८ वटा उपसिमितिको संयोजक बसेर भत्ता बुझेको पाइएको हो । एउटै उपसमितिमा दुई जना संयोजक बसेको समेत पाइएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा सञ्चालक अग्रवालले १३८ वटा मिटिङ बसेर २७ लाख २९ हजार रुपैयाँ बुझेका थिए । उनले अन्य सेवा सुविधा बापत एक लाख ८० हजार रुपैयाँ सहित २८ लाख ९० हजार रुपैयाँ बुझेका थिए । त्यस्तै विमल प्रसाद ढकालले पनि ६९ वटा मिटिङ बसेर १३ लाख ४० हजार र मासिक सेवा सुविधा बापतको एक लाख ८० हजार रुपैयाँ सहित १५ लाख २० हजार रुपैयाँ बुझेका छन् ।

Prabhu
Crest

यसरी अस्वभाविक रुपमा भत्ता लिएको समाचार बाहिरिए सँगै बीमा समितिले कम्पनीलाई स्पष्टिकरण सहित कागजपत्र झिकाएको थियो । समितिले मगाएको कागजपत्रमा उनिहरुले संस्थागत सुशासन विपरित भत्ता बुझेको पाइएकोले उनिहरुलाई किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधिएको समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । समितिको सञ्चालक समितिले कम्पनीलाई संस्थागत सुशासन विपरित काम गरेको देखिएकोले नियम अनुसार १० हजार रुपैयाँ जरिवाना किन नगर्ने भन्दै स्पष्टिकरण सोधेको हो ।

सञ्चार माध्यमले नेपाल लाइफका सञ्चालकले बुझेको भत्ता तथा अन्य सुविधाको विषयमा समाचार मार्फत सार्वजनिक गरिदिएका थिए । सञ्चार माध्यमले समाचार सार्वजनिक गरिदिए सँगै बीमा समितिले कम्पनीलाई स्पष्टिकरण सोध्नुका साथै फाइल मगाएको थियो । सोहि क्रममा उनिहरुले संस्थागत सुशासन विपरित भत्ता बुझेको पाइएको हो । उनिहरुले गैरकानुनी रुपमा लाखौ रुपैयाँ भत्ता बुझे पनि कारबाही भने जम्मा १० हजारको मात्रै हुने भएको छ । कम्पनीले पेश गरेको स्पष्टिकरण चित्त नबुझे समितिले उनिहरुलाई जनही १० हजारका दरले जरिवाना गर्न पाउनेछ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालकहरु विना काम भत्ताकै लागि सञ्चालक समितिको बैठक बस्ने गरेको पाइएको छ । कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले  मात्रै गत आर्थिक वर्ष २०७७/७८ मा १३८ वटा मिटिङ बसेको देखिएको छ । उनले बैठक भत्ता बापत २७ लाख १० हजार रुपैयाँ बुझेका छन् भने अन्य सेवा सुविधा बापत एक लाख ८० हजार रुपैयाँ सहित २८ लाख ९० हजार रुपैयाँ बुझेको पाइएको छ ।

गत वर्ष दुई सञ्चालक समित अन्य सञ्चालकहरुले पनि अन्य कम्पनीहरुका सञ्चालकले भन्दा धेरै भत्ता बुझ्ने गरेको पाइएको छ । राम अभतार अग्रवाल पनि ५४ वटा मिटिङमा समावेश भएको देखिएको छ । उनले बैठक भत्ता बापत १० लाख २३ हजार र मासिक सेवा सुविधा बापत एक लाख ८० हजार सहित १२ लाख तीन हजार रुपैयाँ बुझेका छन् ।

महिला सञ्चालक पारुल ढकाल पनि ३२ वटा बैठकमा बसेर ६ लाख ३१ हजार बैठक भत्ता र एक लाख ४० हजार अन्य सेवा सुविधा सहित ८ लाख ११ हजार रुपैयाँ बुझेकी छिन् । सञ्चालकहरु मध्ये सबैभन्दा कम पारस मुण्डरा १५ पटक मात्रै बसेको देखिन्छ । उनले २ लाख ७५ हजार भत्ता र एक लाख ४० हजार अन्य सेवा सुविधा सहित ३ लाख ९५ हजार रुपैयाँ बुझेका छन् । विवेक अग्रवाल पनि २४ वटा मिटिङमा समावेश भएको देखिन्छ । उनले मिटिङ भत्ता बापत ४ लाख ७१ हजार र अन्य सेवा सुविधा बापत एक लाख ४० हजार सहित ६ लाख ५१ हजार रुपैयाँ बुझेका छन् ।

अध्यक्ष गोविन्दलाल संघाई भने जम्मा १७ वटा मिटिङमा मात्रै बसेको पाइन्छ । उनले ३ लाख ४४ हजार भत्ता र एक लाख ४० हजार अन्य सेवा सविधा सहित ५ लाख २४ हजार रुपैयाँ मात्रै बुझेको देखिन्छ ।

यो पनि पढ्नुहोस्

भत्ताकै लागि बैठक बस्छन् नेपाल लाइफका सञ्चालक, कमलेश अग्रवाल एक्लैले १३८ मिटिङ बापत बुझे २९ लाख

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS