IME Life New

इन्स्योरेन्सको दायरा बढाउने भरपर्दो माध्यम: ‘बैंकास्योरेन्स’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सामान्य अर्थमा भन्नुपर्दा ‘बैंकास्योरेन्स’ भनेको कुनै पनि इन्स्योरेन्स कम्पनीका बीमा योजनाहरु बैंक मार्फत विक्री गर्नुलाई ‘बैंकास्योरेन्स’ भनिन्छ। यसका लागि सम्बन्धित बैंक र इन्स्योरेन्स कम्पनी बीच सेवा आदान प्रदान गर्ने सम्झौता हुन्छ र सेवा सुरु गरिन्छ। ‘बैंकास्योरेन्स’ जीवन बीमा तथा निर्जिबन बीमा दुवैको गर्न सकिन्छ।

बैंकास्योरेन्स विश्व बजारमा धेरै पहिले देखि प्रचलनमा आए पनि नेपालमा भने यसको अभ्यास भर्खरै सुरु भएको हो ।बैंकान्सुरेन्स विश्व बजारमा एउटा सफल इन्स्योरेन्स बिक्रिको माध्यम हो, बैंकमा हुने सानो तिनो बचतलाई इन्स्योरेन्समा परिबर्तन गर्न सके राष्ट्रको बचत वृद्धि हुनुको साथै दिर्घकालिन पुजी परिचालनमा सहयोगी सिद्ध हुनजान्छ ।

Esewa
Crest

बैंकास्योरेन्सको सम्भावना
बैंकास्योरेन्सले बैंक तथा इन्स्योरेन्स कम्पनी र बिमितलाई समेत फाइदा पुग्ने देखिन्छ । एकातर्फ, बैंकले इन्स्योरेन्स कम्पनीको तर्फबाट कमिसन प्राप्त गर्छ भने अर्कोतर्फ बीमा कम्पनीले आफ्नो व्यवसाय तथा बीमाको दायरा बढाउन मौका पाउँछन ।

नेपालको सन्दर्भमा बैंकास्योरेन्स अझ बढी महत्वपूर्ण छ । बैंकहरु दुर्गम भेगसम्म विस्तारित भइरहँदा संचालन खर्च बढीरहेको छ । यस्तो अवस्थामा इन्स्योरेन्समार्फत थोरै भए पनि आम्दानी बढाउने अवसर प्राप्त भएको छ । त्यस्तै, बीमाको पहुँच वृद्धि हुन नसकिरहेको अवस्थामा गाउँगाउँसम्म पुगिरहेका बैंकमार्फत बीमा कम्पनीहरुले मुलुकभर आफ्नो व्यवसाय फैलाउने मौका पाउछन्।

बिमितले आफ्नो बीमा प्रिमियम तिर्नको लागि आफ्नो बैंक खाताबाट सोझै तिर्न सक्छ तसर्थ, बीमालेख व्यतित हुने तथा जरिबाना लाग्ने सम्भावना समेत कम हुन्छ । बिमितले आफुले आर्जन गरेको सानो तिनो बचत समेत बैंक खातामा जम्मा गर्दै बार्षिक/अर्धबार्षिक रुपमा बिमाको शुल्क/प्रिमियम तिर्न सक्छन । बैंकको मध्यमबाट बीमालेख बिक्रिगर्दा बीमा कम्पनीहरुको ब्यबस्थापन खर्च कम हुन्छ एस्तो गर्दा बीमालेखमा बिमितले पाउने बोनश दर धरै हुन्छ।

बैंकास्योरेन्स निर्देशिका/कानुनको अभाब
बीमा कम्पनीले आफ्नो व्यवसाय बढाउन संस्थागत अभिकर्ताको रुपमा बैंकहरुसँग बैंकास्योरेन्स सम्झौता गरिरेका छन्। कम्पनीहरुले बैंकसँग सम्झौता गरेर बैंकको च्यानल प्रयोग गरेर बीमा व्यवसाय अभिबृद्धि गरेपनि बीमा समितिले बैंकास्योरेन्स सम्बन्धी कुनै पनि निर्देशिका जारी गरेको छैन।

बीमा ऐन २०७५ जारी भए पछि बैंकास्योरेन्सलार्इ पनि समावेस गर्ने र निर्देशिका जारी गर्ने योजना बनाएको समितिका एक निर्देशकले बताए। अहिलेको अवस्थामा कम्पनीले बैंकलार्इ संस्थागत अभिकर्ताको रुपमा प्रयोग गर्ने र ऐन आएपछि बैंकास्योरेन्स सम्वन्धी निर्देशिका नै जारी गर्ने समितिले तयारी गरेको बुझिएको छ।

बैंकान्सुरेन्सको बारेमा नेपाल राष्ट्र बैंकको स्पस्ट नीति नभएको कारणले गर्दा बैंकान्सुरेन्सको बारेमा नेपाली बैंकहरु बैंकान्सुरेन्स आक्रामक बजारीकरणमा लागेको पाईदैन, नेपाल राष्ट्र बैंकले बैंकान्सुरेन्स नीति छिट्टै जारी गर्ने तयारी गर्दैछ, बैंकान्सुरेन्स नीति पछि बैंकान्सुरेन्स ब्यबसायले ठुलो फड्को मार्न सक्ने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS