IME Life New

इन्फिनिटी लघुवित्त सातौं वर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । साना उद्यमी, व्यवसायी तथा विपन्न वर्गलाई सहज र दिगो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका वडा नं २ मा केन्द्रीय कार्यालय रहेको लघुवित्तले आफ्नो छैठौं वार्षिक स्थापना दिवस माघ ७ गते सम्पन्न गरेको हो ।

२०७३ असार ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट २०७३ पुष १७ गते वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त गरी विधिवत रुपमा मिति २०७३ माघ ७ गतेदेखि संस्थाले कारोबार सुभारम्भ गरेको थियो ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र प्राप्त गरी कारोवार गरेको वित्तीय संस्थाको चुक्ता पुँजी ४१ करोड ४५ लाख १३ हजार २८४ रहेको छ । यस संस्थाले देशभरी नै लघुवित्त सेवा विस्तार गर्ने अठोट लिए अनुसार कार्यक्रमलाई विस्तार गर्न, लघुवित्त वित्तीय संस्थाहरुमा दोहोरोपनामा कमी ल्याउन, संस्थालाई अझ सक्षम तथा दिगो बनाउन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०७८ भदौं ४ गतेदेखि एकीकृत कारोबार गरेको यस संस्थाको पहुंच नेपालका सातै प्रदेशका ४७ जिल्लामा रहेको छ ।

छैठौं वार्षिक उत्सवको अवसरमा वित्तीय जनचेतना सहित प्रभातफेरी कार्यक्रम गरी संस्थाको तर्फबाट गैंडाकोट नगरपालिका, वडा कार्यालय र इलाका प्रहरी कार्यालयलाई फोहोर व्यवस्थापनको लागि डस्टविन वितरण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रविण कुमार लामाले गरेका थिए ।

वित्तीय संस्थाले हाल सम्म विपन्न वर्गका सदस्यहरुलाई सहज रुपमा डिजिटल लघु बैकिङ सुविधा उपलब्ध गराउँदै आएको छ । हाल सम्म संस्थाले ९७,६९७ सदस्यहरुलाई सेवा दिई विभिन्न उद्देश्यमा ४७८१२ जना ग्राहकहरुमा बाँकी कर्जा रु। ५ अरब १६ करोड रहेको छ भने ग्राहक सदस्यहरुको बचत रकम रु।१ अरब ४७ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS