IME Life New

इन्फिनिटी लघुवित्तले डाक्यो साधारण सभा, लाभांश सहित यस्ता छन् ५ एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्फिनिटी लघुवित्तले फागुन १३ गते छौठौं वार्षिक साधारण गर्ने भएको छ । कम्पनीको माघ १७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा नवलपरासीको गैडाकोट स्थित सहमति संस्थाको कार्यालयमा गर्ने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/ ७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/infin ७९ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले सञ्चालकहरुको बैठक भत्ता बारे नियमावली संशोधन सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने, संस्थाको प्रबन्धपत्रको दफा ६ (ख), (ग) र नियमावलीको नियम ३२ को उपनियम (१) को (ख) मा संशोधन तथा थप गरी अद्यावधिक गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

वित्तीय संस्थाले एक वा एकभन्दा वढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने सो को आधारमा सैद्धान्तिक स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वहरुको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा मर्जर र एक्विजिसन सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।

सभाले वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावित संशोधनहरूमा नियमनकारी निकायहरूले संशोधन, थपघट, समायोजन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २ गतेदेखि साधारण सभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण फागुन १ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

1675313524955

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS