IME Life New

इटहरीमा समृद्धि फाइनान्सको नयाँ शाखा कार्यालय विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।समृद्धि फाइनान्सले आफ्नो छैटौ शाखाको रुपमा इटहरी शाखा कार्यालयको उद्घाटन आज एक औपचारीक कार्यक्रम गरी गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उक्त नयाँ शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको प्रदेश नं. १ कार्यालयकी प्रमुख मिना पाण्डे, एटहरी उ.वा. संघका अध्यक्ष भिम पौडेल, इटहरी उ.म.न.पा. वार्ड ६ का वार्डअध्यक्ष दिवश पोख्रेल सहित लब्ध प्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो ।

Esewa
Crest

साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तीय कारोबार सम्बन्धि जानकारी गराएका थिए । त्यस्तै चाँडै नै सातौं र आठौ शाखाको रुपमा बनेपा र जनकपुर शाखाको पनि उदेघाटन गरिने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबद्र्धन अधिकृत सुरज कुमार सर्राफले बताए ।

समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS