IME Life New

आशा लघुवित्तद्धारा सीपमूलक तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सप्तरी । आशा लघुवित्त वित्तीय संस्थाले ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय रुपनी सप्तरीमा आबद्ध सदस्यहरु मध्ये ७८ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगाधुने साबुन तथा सर्फ बनाउने तालिम प्रदान गरेको हो ।

कार्यक्रममा शाखा प्रमुख राजेश भण्डारीले यस कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा बृद्धीभई त्यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुखहुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Esewa
Crest

वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिनुभएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ तथा सर्फ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै २ हजार २ सय ६५ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीप मूलक तालिमहरु प्रदान गरिसकेको छ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS