IME Life New

आशा लघुवित्तको जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले जोखिम तथा फिल्ड व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरेको छ । कम्पनीले आफ्ना कम्पनीका कर्मचारीलाई कार्य संचालन जोखिम तथा फिल्ड व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरेको हो ।

संस्थाले शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने तालिम प्रदान गरेको हो । । वैशाख १३ र १४ गते सञ्चालित तालिममा ५५ वटा शाखा कार्यालयका फिल्ड कर्मचारीहरुको सहभागीता थियो ।

Esewa
Crest

तालिमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले गरेका थिए । उनले तालिमले कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे । तालिममा कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम हरी कुमार सिलवाल तथा श्रवण कुमार सपोर्टका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोख्रेलले प्रशिक्षण दिएका थिए ।

आशा लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारी लगायत विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी ,रबिन खतिवडा, दिपेन्द्र खनाल, प्रदिप श्रेष्ठ तथा राजिव डंगौराले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धी विषयमा सहजीकरण गरेका थिए ।

उक्त अवसरमा आर्थिक वर्ष २०७८/७९ को उत्कृष्ट फिल्ड कर्मचारी माधव प्रसाद पाण्डेयलाई प्रसंशापत्र सहित नगद पुरस्कार समेत दिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS