IME Life New

आरम्भ लघुवित्तको साधारणसभा पुस ९ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ लघुवित्त वित्तिय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा पुस ९ गते हुने भएको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा बनेपा, पुतलीबजारमा बिहान ११ बजे शुरु हुने भएको कम्पनीले जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म बन्द रहनेछ । मंसिर २१ गतेसम्मका कायम शेयरधनीले मात्र लाभांश लिन तथा सभामा भाग लिन पाउनेछन् ।

Esewa
Crest

सभामा कम्पनीले शेयरधनीका लागि चुक्तापूँजीको ७ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ लाख ३३ हजार ५३ नगद लाभांश पारित गर्ने प्रस्तावहरु रहेका छन् ।

सभामा कम्पनीको प्रस्तावमा आरम्भ लघुवित्त र चौतारी लघुवित्त एक आपसमा गाभिनका लागि दुवै संस्थाको सम्पत्ति दायित्व र कारोबार मूल्यांकन प्रतिवेदनका आधारमा स्वाप रेसियो १ बराबर १ पारित गरी मर्जरलाई स्वीकृति प्रदान गर्ने,

त्यस्तै, दुई लघुवित्त गाभिए पश्चात बन्ने कम्पनीको नाम आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था राखी वित्तिय कारोबार गर्ने, मर्जरपछि कम्पनीको शेयर स्वामित्व अनुपात संस्थापकतर्फ ६३ दशमलव ६६ प्रतिशत र सर्वसाधारणतर्फ ३६ दशमलव ३४ रहने प्रस्ताव पारित गर्ने एजेण्डाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS