IME Life New

आरबिबि म्युचुअल फण्ड २ को इकाईमा आवेदन दिने म्याद थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले बैशाख १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आरबिबि म्युचुअल फण्ड २ को इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ। अब उक्त फण्डको इकाईमा बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा बैशाख ३१ गतेभन्दा अगावै निष्काशन तथा बिक्री बन्द गर्न सकिने क्यापिटलले जनाएको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ८० लाख इकाई कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो। उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

Esewa
Crest

आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा कम्तीमा ५० प्रतिशत अर्थात ६ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS