IME Life New

आरएसडिसी लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत नगद लाभांश कम्पनीले सम्बन्धित शेयरधनीले उल्लेख गरेको हितग्राही खातामा उपलब्ध गराएको बैंक खातामा जम्मा गगरेको कम्पनीले जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयर दाखिला खारेज बन्द हुने मितिसम्म कायम रहेका शेयरधनीहरूको हितग्राही खातामा बैंक खाताको विवरण अध्यावधिक भएको हकमा नगद लाभांशबापतको रकम सम्बन्धित बैंक खातामा नै जम्मा भइसकेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

हालसम्म पनि भौतिक रूपमा नै शेयर प्रमाणपत्र राखेका वा हितग्राही खाता खोलेर पनि कम्पनीको शेयर अभौतिकीकरण नगराएका शेयरधनीले यथाशीघ्र शेयर अभौतिकीकरण गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्रै नगद लाभांश बैंक खातामा प्राप्त हुनेछ ।

कम्पनीको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS