IME Life New

आयो फ्लेक्स फ्युलबाट चल्ने बजाज पल्सर, के छ विशेषता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बजाज अटोले निरन्तर नयाँ प्रविधिमा काम गरिरहेको छ। हालै कम्पनीले विश्वको पहिलो सीएनजी बाइक बजाज फ्रिडम १२५ लन्च गरेको छ। अहिले कम्पनीले आफ्नो प्रसिद्ध बाइक बजाज पल्सर एनएस१६० को नयाँ फ्लेक्स फ्युल भर्जन इन्डिया बायो–एनर्जी एन्ड टेक एक्सपो २०२४ मा प्रदर्शन गरेको छ।

दुइ दिने एक्स्पोमा दिगो इन्धनसँग सम्बन्धित उत्पादनहरु प्रदर्शनीमा राखिएको छ। जसलाई भारतीय हरित ऊर्जा महासंघ र एमएम एक्टिभ साइ–टेक कम्युनिकेसन्सले संयुक्त रुपमा आयोजना गरेको थियो।

Esewa
Crest

फ्लेक्स–इन्धन कुनै नयाँ कुरा होइन। सरकारले पनि यस प्रकारको प्रविधि प्रयोग गर्न निरन्तर प्रोत्साहन दिँदै आएको छ। केन्द्रीय सडक यातायात र राजमार्गमन्त्री नितिन गडकरीले धेरै पटक फ्लेक्स–इन्धन इन्जिनले सुसज्जित सवारीसाधनहरुको निर्माणको वकालत गरेका छन्। फ्लेक्स इन्धन पेट्रोल र अन्य इन्धनहरु जस्तै इथानोल वा मेथानोलको मिश्रणबाट बनेको वैकल्पिक इन्धन हो। फ्लेक्स इन्धन सवारीसाधनहरुमा नियमित आन्तरिक दहन इन्जिन हुन्छ र यसलाई एकभन्दा बढी प्रकारको इन्धनमा चलाउन डिजाइन गरिएको हुन्छ।

बजाज पल्सर एनएस१६० फ्लेक्स फ्युल इथानोल र पेट्रोलको मिश्रणमा चल्ने कम्पनीले जनाएको छ। यसबाहेक बजाज अटोले यो बाइकका बारेमा धेरै जानकारी दिएको छैन। भर्खरै बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले इथानोलबाट चल्ने बाइक मार्च २०२५ सम्म लन्च हुने बताएका थिए।

केही समयदेखि भारत सरकारले ई८०।ई१०० इथेनोलमा चल्ने सवारीसाधनको प्रचार गरिरहेको छ। टीभीएसले इथानोल बाइकमा पनि काम गरिरहेको छ र केही वर्षअघि अपाचे आरटीआर २०० को फ्लेक्स फ्युल मोडेल प्रदर्शन गरेको थियो। ब्राजिल र अन्य दक्षिण अमेरिकी देशमा ई८०।ई१०० इन्धनको खपत धेरै उच्च छ र यो ती देशमा बेच्ने उद्देश्यका लागि फ्लेक्स इन्धन बाइक विकास गर्न अर्थपूर्ण हुनेछ। किनकि बजाज र टीभीएस जस्ता कम्पनीहरुको पनि यी देशहरुमा ठूलो उपस्थिति छ।

यद्यपि, भारतले पनि ई८०।ई१०० इन्धनतर्फ जाने अपेक्षा गरिएको छ। यदि यी कम्पनीले फ्लेक्स इन्धन सवारीसाधनहरु अग्रिम तयार पारे भने बजार कब्जा गर्न सजिलो हुनेछ।

पेट्रोलबाट चल्ने पल्सर एनएस१६० मा १६०.३ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन छ। जसले १७.२पीएसको पावर र १४.६ एनएमको टर्क जेनेरेट गर्छ। सस्पेन्सन सेटअपमा टेलिस्कोपिक फोर्क र मोनोसक समावेश छ भने ब्रेकिङका लागि ३०० एमएम फ्रन्ट डिस्क ब्रेक र २३० एमएम रियर डिस्क ब्रेक प्रयोग गरिएको छ।

पल्सर एनएस १६० फ्लेक्स फ्युलको साथमा बजाज अटोले हालै लन्च गरिएको बजाज फ्रिडम १२५ सीएनजी बाइक पनि आईबीईटी एक्स्पो २०२४ मा प्रदर्शन गरेको छ। जसको प्रारम्भिक मूल्य भारु ९५ हजार (एक्स शोरुम) छ। यो बाइक कुल तीन भेरियन्टमा आउँछ। जसमा ड्रम र डिस्क ब्रेकको अप्सन उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS