IME Life New

आदर्श लघुवित्तको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आदर्श लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । आदर्श लघुवित्तलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गर्ने सम्झौता भएसँगै नेप्सेमा लघुवित्तको शेयर कारोबार रोक्का भएको हो ।

असोज १४ गते एक कार्यक्रमकाबीच डिप्रोक्सले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा डिप्रोक्सका अध्यक्ष दिपक खनाल र आदर्शका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

प्राप्ति सम्बन्धि बिषयमा काम गर्नलाई बासुप्रसाद उपाध्यायको संयोजकत्वमा सयुक्त प्राप्ति (एक्विजिशन) समिति गठन समेत भएको कम्पनीले जनाएको छ। बासुप्रसाद उपाध्याय संयोजक रहेको उक्त समितिमा श्यामकृष्ण दाहाल, सुसन कर्माचार्य, प्रभा धिताल कोईराला सदस्य रहेका छन्।

डिप्रोक्स लघुवित्तको केन्द्रीय कार्यालय चितवनमा रहेको छ । आदर्श लघुवित्तको केन्द्रीय कार्यालय बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिकामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS