IME Life New

आदर्श लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, यस्तो छ वित्तीय अवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ६८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८८६ दशमलव १२ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

२ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ करोड २३ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा लघुवित्त सापटी ९.९० प्रतिशतले बढेको छ भने निक्षेप २२ दशमलव १४ प्रतिशत र कर्जा लागानी १९ दशमलव ८५ प्रतिशतले बढेको छ।

Esewa
Crest

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४ दशमलव ४६ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले १ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अन्य सञ्चालन आम्दानी १२८ दशमलव ७३ प्रतिशतले बढेको छ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ३१ पैसा बढेर ३३ रुपैयाँ ३० पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ८८ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS