IME Life New

आदर्श लघुवित्तको नाफामा भारी गिरावट हुँदा अन्य वित्तीय सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले २ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ८८ दशमलव ५६ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २१ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६ दशमलव ७५ प्रतिशतले घटेको छ । यस अवधिमा लघुवित्तले १ करोड २५ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ३४ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Esewa
Crest

त्यसैगरी, यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ७ दशमलव ३० प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा ८३ दशलमव ५६ प्रतिशतले घटेको छ। लघुवित्तको निष्क्रिय कर्जा १ दशमलव ४१ प्रतिशतबाट बढेर ३ दशमलव ५२ प्रतिशत पुगेको छ।

२ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ६४ लाख ९१ हजार रुपैयाँ सञ्चित छ। गत आथिृक वर्षको सोही अवधिमा लघुवित्तको जगेडा कोषमा ८३ लाख ८४ हजार रुपैयाँ सञ्चिती थियो ।

चैत मसान्तसम्ममा लघुवित्तले ९ करोड ४३ लाख रुपैयाँ सापटीबाट २६ करोड ६२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यस अवधिमा लघुवित्तले १५ करोड ७४ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको प्रति शेयर आम्दानी १९ रुपैयाँ ४८ पैसा घटेर १ रुपैयाँ ३४ पैसामा झरेको छ। यस अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९६७ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS