IME Life New

आज अन्तिम दिन प्रभु स्मार्ट फण्डमा १.५५ गुणा बढीको आबेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । प्रभु स्मार्ट फण्डमा १.५५ गुणा बढीको आबेदन परेको छ । प्रभु बैक लिमिटेड कोष प्रबद्र्धक र प्रभु क्यापिटल लिमिटेड कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु स्मार्ट फण्डले निष्काशीत कुल ८ करोड ईकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैक लिमिटेडले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटल लिमिटेडले ८ लाख इकाई सुरक्षित गरी ६ करोड ८० लाख इकाई फागुन १८ गते देखि सर्वसाधारणको लागि आज आज फागुन २८ गते सम्म आवेदनको लागि आब्हान गरिएकोमा संस्थाहरु सहित

Esewa
Crest

सर्वसाधारणहरुबाट १०,५२,९६,२०० इकाईको लागि आवेदन परेको छ । उक्त आवेदन सर्वसाधारणहरुलाई छुटयाईएको भन्दा १.५५ गुणा बढीको आवेदन हो । १० बर्ष अवधि रहेको बन्दमुखी योजना प्रभु स्मार्ट फण्डलाई केयर नेपाल लिमिटेडले CARE-NP AMC Quality 3 (AMC 3) रेटिङ्ग प्रदान गरेको छ ।

क्यापिटलले रु.८० करोड रकम बराबरको प्रभु स्मार्ट फण्ड नामको योजना निष्काशन गरेको भएता पनि सामुहिक लगानी कोष निर्देशिका, २०६९ को नियम १५ को उपनियम ४ मा भएको व्यवस्था अनुसार निष्काशन गरिएको भन्दा बढी संख्यामा इकाई माग भएमा निष्काशन गरिएको इकाई संख्याको पच्चीस प्रतिशतसम्म थप गरी इकाई बाँडफाँड गर्न सकिनेछ भन्ने व्यवस्था रहेकोले प्रभु स्मार्ट फण्डले बिज पूँजी सहित रु.१ अर्ब बराबरको इकाई बाँडफाँड गर्ने भएको छ ।

यस निष्काशनको अवधि मध्ये छोटो समयमा उल्लेखजनक रुपमा सहभागी भई उल्लेख्य मात्रामा आवेदन प्राप्त भएकोमा निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने सम्पुर्ण शुभेच्छुक, लगानीकर्ता आवेदकहरु, सिआश्वा सदस्य बैक तथा वित्तीय संसथाहरु, नियमक निकायहरु तथा सम्बन्धित सम्पुर्णमा क्यापिटलले धन्यबाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS