IME Life New

आजसम्म शेयर किन्नेले सानिमा बैंकको प्रस्तावित लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मंसिर १९ गते बुक क्लोज गर्ने निर्णय गर्नेछ । त्यसकारण आज मंसिर १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

बैंकले आफ्नो १८औं वार्षिक साधारण सभा पुष ३ गते गर्ने भएको छ । बैंकले उक्त सभा अम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा गर्ने जनाएको छ । सभा विहान ११ बजे गर्नेछ । कम्पनीको मंसिर २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

Esewa
Crest

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ असार ३२ गतेको वासलात, नाफा नोक्सान, हिसाब तथा सोही अवधिको नगद प्रवाह लगायतका प्रस्ताव पारित गर्नेछ ।

गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र ० दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै , सभाले नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुन फेरवदल तथा सैशोधन गर्नुपर्ने प्रस्ताव आएमा सोही बमोजिम प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकले अधिकृत पूँजी बृद्धि गरी १५ अर्ब पुर्याउने, तथा आर्थिक वर्ष २०७९/ ८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पािरत गर्ने जनाएको छ ।

त्यस्तै, सभाले सर्वसाधारण समुह ख बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ । कुनै बै०क तथा वित्तीय संस्थामा प्राप्ती वा मर्जर गर्न आवश्यक सहमति गर्ने लगायत वित्तीय संस्थाहरु प्राप्ती गराउने सम्बन्धमा बैंकको नियम कानुन अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पुर्ण अख्तियार संचालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS