IME Life New

आजसम्म शेयर किन्नेले शाइन रेसुङगा डेभलपमेन्टको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुस १२ देखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण आज पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको सभामा भाग लिन र पस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले पुस २५ गते  रुपन्देहीको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सभा आयोजना गर्ने जनाएको छ । बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १३.३० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित, वित्तीय विवरणहरु पारित गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, गाभ्ने गाभिने समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पनि पेश हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS