IME Life New

आजसम्म शेयर किन्नेले यी दुई कम्पनीको बम्पर लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम सदन रहेको छ । यी दुई कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज भोली अर्थात फागुन ५ गते बुक क्लोज गर्ने भएका छन् । त्यसकारण यी दुई कम्पनीको शेयर आजसम्म किन्नेले प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

मिथिला लघुवित्तले फागुन १७ गते, बुधबार चौधौं वार्षिक साधारण सभा गर्दैछ । सभा न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल, लालगढ, धनुषामा बिहान ११ बजे शुरु हुनेछ।

Esewa
Crest

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभाले संस्थापक तथा सर्वसाधारण शेयर स्वामित्व परिवर्तन गरी ५१ः४९ पुर्याउने, सञ्चालक समितिको २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यसैगरी, महिला लघुवित्तले फागुन २१ गते, आइतबार पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेल, काभ्रेमा बिहान ११ बजे शुरु हुने जनाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनार्थ २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले गत आथिृक वर्षको नाफा नोक्सान हिसाव नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गर्नेछ । सभाले लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS